१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन



काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने भएको छ । सरकारले देशभरका सरकारी कार्यालयलाई कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले परिपत्र जारी गर्दै सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहमा अनिवार्य विद्युतीय हाजिरी कार्यान्वयन गर्न निर्देशन दिएको हो । शाखाका अधिकृत पिताम्बर सारूले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पठाएको पत्रमा विद्युतीय हाजिरी अनिवार्य गर्न अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, ‘तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ।’

यससँगै परिपत्रमा कर्मचारीको हाजिरी विवरण हरेक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गर्न भनिएको छ। यसरी प्रमाणित गरिएको हाजिरीको अभिलेख राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ३ : ५२ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली