१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की



काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क केन्द्र नेपालमा दर्ता नहुँदा विद्युतीय अपराधमा परेका मुद्दाको छिनोफानो गर्न कठिन भएको बताएका छन् ।

राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा कार्कीले यस्तो बताएका हुन् । उनले साइबर बुलिङ तथा साइबर अपराध र नियन्त्रणका लागि भइरहेका प्रयासको ब्रिफिङ गर्ने क्रममा महानिरिक्षक कार्कीले सामाजिक सञ्जालमार्फत ‘फेक आइडी’ बनाउने, गालीगलौज गर्ने, गलत सूचना दिनेलगायत डिजिटल बैंकिङ जस्ता जघन्य अपराध बढिरहेको उल्लेख गर्दै पीडितलाई द्रूतगतिमा न्याय दिन चुनौती थपिएको बताए ।

धेरै जसो फेसबुक, इन्स्टाग्राम, हवाट्सएप लगायतका प्लेटफर्मको दुरुपयोग गर्दै हिंसात्मक गतिविधि भएका मुद्दा प्रहरीमा दर्ता भएको उनले बताए । उनका अनुसार कार्यालयमा साइबर क्राइमसँग सम्बन्धित दैनिक ८० देखि ९० वटा उजुरी पर्ने गरेका छन् ।

प्रहरी कार्यालयमा गत वर्ष साइबर बुलिङ र हिंसाका तीन हजार उजुरी परेको महानिरीक्षक कार्कीले जानकारी दिए। गत वर्ष भने विद्युतीय अपराधसम्बन्धी १८ हजार ९२६ उजुरी परेका थिए । सामाजिक सञ्जालका प्लेटर्फममार्फत व्यक्तिको चरित्रहत्या गर्ने, यौन हिंसा गर्ने, गालीगलौच गर्ने र मिथ्या झुटा सूचना प्रसार गर्ने लगायतका क्रियाकलापले अपराधिक गतिविधिलाई बढावा दिएको उनले सुनाए ।

प्रर्याप्त जनशक्तिको अभाव, प्रविधि सम्पन्न संरचनाको अभाव, पुरानो कानुन हुनुका साथै सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र नहुँदा अपराध व्यवस्थापन गर्न चुनौती झेल्नु परेको महानिरिक्षक कार्कीको भनाइ थियो ।

“हामीसँग प्रविधिसँग सम्बन्धित कानुन पुरानो भयो, सामाजिक सञ्जाल व्यवस्थापन विधेयक ल्याउनुपर्छ र विद्युतीय कारोबार ऐन २०६३ संशोधन गर्नुपर्छ”, उनले भने, “साथै, विद्यालय, क्याम्पस र समाजमा सामाजिक सञ्जालको सही प्रयोग तथा सुरक्षाको विषयमा चेतना जगाउने अभियानमा जोड दिनुपर्छ ।”

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ४ : ०६ बजे

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौँ । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

नेपालगन्ज । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी

३ दशकको पीडा र एक्लोपनपछि जमुनाले पाइन् संरक्षण

बुटवल । एउटा आमाले आफ्नै सन्तान गुमाउनुको पीडा कति असह्य

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा पेस गरेको रिट आज दर्ता भएन

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा