२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन



नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान प्रदान तगा नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमकाबीच क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

संस्थाकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईंले भित्तेपात्रो सार्वजनिक गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष चौलागाईले पत्रकार महिलाहरूको यस्तो क्रियाशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । उनले पत्रकार महिलाको व्यवसायिकता र दक्षता अभिवृद्धिका लागि संस्था सक्रिय रूपमा लागिरहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरूको व्यवसायिक सशक्तीकरणका लागि नयाँ योजनाहरू अघि सार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । उनले सरकारी विज्ञापन वितरणमा देखिएको विभेदप्रति राज्य गम्भीर बन्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीले “हामी बोल्छौं, हामी लेख्छौं र हामी बदल्छौं” भन्ने नाराले पत्रकार महिलाको सक्रियता झल्काउने बताउँदै आगामी दिनमा थप सशक्त भूमिका खेल्न आग्रह गरे।

त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले क्रियाशील पत्रकार महिलाहरूका लागि आफुले अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै व्यवसायिक विकास र सहभागितामा निरन्तर सहयोग रहने बताए ।

क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष गिरीले भित्तेपात्रो प्रकाशनलाई पहिलो प्रयासको रूपमा लिँदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताइन् ।

कार्यक्रममा कार्यालय व्यवस्थापनका लागि सहयोग गर्ने अर्बन फर्निचर एण्ड फर्निसिङ हब प्रालिका सञ्चालक अफजल खान र भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने सुवि एजुकेशन एण्ड भिसा सर्भिसका प्रोप्राइटर बिनोज बास्तोलालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ११ : १९ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ

सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी गिरावट, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा