२१ भदौ २०८३, आइतबार | September 7, 2026

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु



बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल तेक्वाण्डो डोजाङको आयोजनामा भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले प्रमुख रेफ्रीलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । उनले खेल पर्यटनको सम्भावनालाई उजगार गर्ने गरि नगरमा खेल गतिविधि र कार्यक्रमहरु योजनावद्ध रुपमा अघि बढेको बताए ।

प्रत्येक वर्ष खेलकुद विकासमा पालिकाबाट राम्रो बजेट बिनियोजना गरेको भन्दै खेलकुद गतिविधिबाट आन्तरिक र बाह्य पर्यटनको राम्रो सम्भावना रहेको तर्क दिए । खेलाडीलाई आयआर्जनसंग जोड्ने गरि लाग्नसकेमात्र खेल क्षेत्रमाथि उठ्ने भन्दै उनले बुटवलमा खेलकुद, सडक सरसफाई, छाडाचौपाया ब्यवस्थापन, मुख्य सडक सफाई गर्ने जस्ता अभियानलाई अघि बढाएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद सचिव राजिवसिह क्षेत्री, संस्थापक अध्यक्ष प्रकाश राजभण्डारी, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, जिल्ला खेलकुद विकास समितिका सचिव चन्द्रकान्त आचार्यले मार्शल आर्टलाई जगाउने गरि सरकारबाट पूर्वाधारतर्फ समेत ध्यान दिनुपर्ने बताए ।

जिल्ला खेलकुद विकास समितिको मैदानमा हुने प्रतियोगितामा पुम्से र फाईट गरि दुई विधा खेल भैरहेको बुटवल तेक्वाण्डो डोजाङका अध्यक्ष मदन थापाले बताए । रुपन्देही जिल्लाका दुई दर्जन बढी डोजाङका २ सय बढि खेलाडीहरु सहभागी हुने प्रतियोगितामा कुल पाँच लाख खर्च हुने संयोजक सुभाष डंगोलले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : १२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त