२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

प्रदेश ५ को राजधानी दाङ सार्ने पक्षमा मतदान गर्न नेकपा सांसदहरुलाई ह्वीप, प्रदेशसभामा १४ सभासदको फरकमत



बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। शनिबार बिहान ८ बजेदेखि झण्डै ६ घण्टा बसेको नेकपाको संसदियदलको बहुमतले सरकारको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री निवास बुटवलमा शनिबार बसेको बैठकमा सहभागि सभासदलाई मुख्यमन्त्रीले दिवा भोज समेत दिएका थिए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा सचेतक भूमिश्वर ढकालले बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको जानकारी दिए।
बैठकमा रुपन्देही, पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन्। बैठकमा कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका थिए।
सभासद विष्णु पन्थीले कपिलवस्तु राजधानी हुनुपर्ने मत राखेका छन्। उनले यस अघि नै संसोधन प्रस्ताव समेत दर्ता गर्ने र पार्टीको ह्विप नमान्ने अडान सार्वजानिक गरिसकेका छन्।
बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिएका छन्। मुख्यमन्त्री पोखरेलले पार्टीले सदनमा पेश गरेको प्रस्तावलाई पास गराउनका लागि सांसदहरुलाई आग्रह गरे।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका थिए ।
१४ सांसदको फरक मत
नेकपा प्रदेश नम्बर ५ प्रदेशसभाको संसदीय दलको बैठकमा पहिलो पटक फरकमत दर्ता भएको छ ।
प्रदेशको स्थायी राजधानी तोक्ने बिषयमा प्रदेशसरकारको तर्फबाट संसदियदलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलले प्रस्ताव गरेको दाङको भालुवाङ सहितको क्षेत्रलाई गरेको प्रस्तावको बिपक्षमा संसदियदलका १४ जना सभासदले फरकमत दर्ता गराएका छन् ।
उनीहरुले दर्ता गराएको फरकमतमाम ऐतिहासिक, साँस्कृतिक, पुरातात्वीक हरेक हिसाबले महत्वपूर्ण रहेको विश्व शान्तिका अग्रदुत महामानव गौतमबुद्धको क्रिडास्थलको रुपमा रहेको अस्थाई राजधानीको पूर्ववर्ती सरकारले गहन अध्ययनका साथ जनसंख्याको बाहुल्यता, शैक्षिक, यातायात, स्वास्थ्य, रोजगार प्रवद्धनको आधारमा ५ नं प्रदेशको अस्थाई राजधानीको रुपमा निर्णय समेत भइसकेको अवस्थामा अन्यत्र सार्ने प्रस्तावमा असहमति जाहेर गरिएको छ ।
फरकमतमा भनिएको छ , “रुपन्देही जिल्ला तथा बुटवल नगरमा प्रयाप्त पूर्वाधार रहेको, प्रयाप्त जमीन उपलब्ध हुन सक्ने स्थान जहाँ सरकारले प्रयाप्त लगानी गरीसकेको छ । यो स्थानलाई अवमुल्यन गर्दै अनुपयुक्त स्थानमा राजधानी सार्ने निर्णय प्रकृया प्रति असहमति जाहेर गर्दै फरक मत दर्ज गर्दछौं । ”
संसदीय दलमा फरकमत दर्जगर्नेहरुमा भोज प्रसाद श्रेष्ठ,कृष्ण प्रसाद न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, विमला पन्थी, थानकुमारी थापा, तुल्सी प्रसाद चौधरी, युवराज खनाल, नारायण प्रसाद आचार्य, रमा घर्तीमगर, डा. पुरन आचार्य, धर्मबहादुर लाल श्रीवास्तव, बिष्णु प्रसाद पन्थी र फौजिया मिया रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ४३ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको