१३ बैशाख २०८३, आइतबार | April 26, 2026

फलामखानीको थप अनुसन्धान गरिँदै



काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ ।

विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो ।

फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको छ । कम्पनीले फलाम भण्डारको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

करिब ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उक्त फलाम खानीबाट ६० वर्षसम्म दैनिक एक हजार ५०० टन फलाम उत्पादन गर्ने क्षमता रहेको कम्पनीका निर्देशक शैलेशकुमार थापाले जानकारी दिए । उक्त परियोजनाबाट वार्षिक पाँच लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने भन्दै उनले त्यसले देशको मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्ने बताए ।

हाल खानी सञ्चालनपछि वातावरणमा पर्ने असरबारे पर्यावरणीय प्रभाव मूल्याङ्कन भइरहेको निर्देशक थापाले बताए । विस्तृत परियोजना रिपोर्टको काम छिट्टै सुरु हुने पनि उनले जानकारी दिए ।

हाल खानीसम्म पुग्नका लागि पूर्वाधार तथा सडकको स्तरोन्नति भइरहेको छ । खानी सञ्चालनले स्टिल उद्योग विकास तथा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने र फलामको निर्यातको अपेक्षा गरिएको छ । कार्यालयका अर्का निर्देशक दिलिपकुमार झाले खानी सञ्चालन भएका स्वदेशी पुँजी स्वदेशमै परिचालन भएर राष्ट्रको समृद्धि हासिल गर्न सघाउ पुग्ने बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  २ : १६ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण