१८ श्रावण २०८३, सोमबार | August 3, 2026

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल



महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ ।

गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरुमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ । “प्रायः तालहरु गर्मीका कारण सुकिरहेको भएपनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ”, निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले भने, “निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरुमा पानीको सतह निकै कम हुँदै गएको छ ।”

उहाँले बाबा ताल, रानी ताल, सालगौडी ताल लगायतका तालहरु सुक्न थालेको बताए । “ताल छेउछाउमा जडान गरेका सोलार जङ्गली हात्तीले भत्काइदिने गर्दा समस्या सिर्जना हुन्छ”, सूचना अधिकारी वाग्लेले भने, “वन्यजन्तुका लागि पानीको व्यवस्थापनमा धेरै तालहरुमा सोलार प्यानल जडान गरेर पानी भर्दै आएका छौँ ।”

विश्वमै बाह्रसिङ्गाको दुर्लभ झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरु संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै सङ्कटमा छ ।

“निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ताल पुरिँदै गएपनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन”, उनले भने, “कृत्रिम र प्राकृतिक गरी १२० वटा तालतलैया छन् ।”

विश्वमै दुर्लभ दुई हजार ४०० भन्दा बढी बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा ४४ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा ४३० भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । बाघ गणना यस वर्ष सकिएको छभने अहिले निकुञ्जभित्र बाह्रसिङ्गा गणना चलिरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १२ : ०८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क