१४ असार २०८३, आइतबार | June 28, 2026

प्रदेश राजधानी दाङलाई तोक्ने प्रस्तावविरूद्ध कांग्रेस रुपन्देहीको राँके जुलुस प्रदर्शन (फोटो फिचर)



बुटवल । प्रदेश ५ को राजधानी दाङलाई तोक्न प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा मसाल जुलुस निकालेको छ ।
रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न पार्टीले आईतबार राखेको जिल्ला बन्दको प्रचार गर्न मसाल जुलुस निकालेको कांग्रेस रुपन्देहीले जनाएको छ ।

नेपाली कांग्रेस रुपन्देहीको शनिबार बिहान बसेको बैठकले राँके जुलुससहित भोली रुपन्देही बन्द र सांसदको घर अगाडि कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो ।

रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न माग गर्दै कांग्रेस जिल्ला पदाधिकारीसहित कार्यकर्ताले शनिबार साँझ बुटवलको राजमार्ग चौराहादेखि मिलनचोक र प्रत्येक वडाको मुख्य चोकमा, तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि क्रिमसन अस्पतालसम्म, सैनामैनाको मुर्गिया चोक, सालझण्डी बजार, हरैया चोक र रुद्रपुर, भैरहवाको देवकोटा चोक र देवदहको खैरेनी चोकमा राँके जुलुस प्रदर्शन गरेका छन ।

मसाल जुलुस प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए ।

‘अन्तर्घाती नेकपा मुर्दावाद’, रुपन्देहीलाई नै राजधानी कायम गर’, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर’, ‘राजधानी सार्ने औचित्य प्रस्ट पार’ लगायतका नारा उनीहरूले लगाएका थिए ।

जुलुस प्रदर्शनपछि बोल्दै कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले रुपन्देहीबाट राजधानी अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे ।

उनले रुपन्देहीलाई राजधानी कायम गराउन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

काँग्रेसले सरकारको प्रदेश सार्ने निर्ण बिरुद्ध १ दिने रुपन्देही बन्दको आह्वान गरेको छ ।

फोटो फिचर

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ३० बजे

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको