२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

प्रदेश राजधानी दाङलाई तोक्ने प्रस्तावविरूद्ध कांग्रेस रुपन्देहीको राँके जुलुस प्रदर्शन (फोटो फिचर)



बुटवल । प्रदेश ५ को राजधानी दाङलाई तोक्न प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा मसाल जुलुस निकालेको छ ।
रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न पार्टीले आईतबार राखेको जिल्ला बन्दको प्रचार गर्न मसाल जुलुस निकालेको कांग्रेस रुपन्देहीले जनाएको छ ।

नेपाली कांग्रेस रुपन्देहीको शनिबार बिहान बसेको बैठकले राँके जुलुससहित भोली रुपन्देही बन्द र सांसदको घर अगाडि कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो ।

रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न माग गर्दै कांग्रेस जिल्ला पदाधिकारीसहित कार्यकर्ताले शनिबार साँझ बुटवलको राजमार्ग चौराहादेखि मिलनचोक र प्रत्येक वडाको मुख्य चोकमा, तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि क्रिमसन अस्पतालसम्म, सैनामैनाको मुर्गिया चोक, सालझण्डी बजार, हरैया चोक र रुद्रपुर, भैरहवाको देवकोटा चोक र देवदहको खैरेनी चोकमा राँके जुलुस प्रदर्शन गरेका छन ।

मसाल जुलुस प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए ।

‘अन्तर्घाती नेकपा मुर्दावाद’, रुपन्देहीलाई नै राजधानी कायम गर’, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर’, ‘राजधानी सार्ने औचित्य प्रस्ट पार’ लगायतका नारा उनीहरूले लगाएका थिए ।

जुलुस प्रदर्शनपछि बोल्दै कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले रुपन्देहीबाट राजधानी अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे ।

उनले रुपन्देहीलाई राजधानी कायम गराउन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

काँग्रेसले सरकारको प्रदेश सार्ने निर्ण बिरुद्ध १ दिने रुपन्देही बन्दको आह्वान गरेको छ ।

फोटो फिचर

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ३० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट