१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै



काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेबमोजिम यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासविद्, प्राज्ञ तथा ज्याज सङ्गीतप्रेमीलाई एकै ठाउँमा ल्याई ज्याज सङ्गीतको कला, यसको उत्पत्ति, भविष्य र प्रभावबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ ।

युनेस्कोका अनुसार ज्याजलाई शान्ति प्रवद्र्धन, संस्कृतिबीच संवाद, विविधताको सम्मान तथा मानव अधिकार र मानवीय गरिमाको संरक्षणमा योगदान गर्ने महत्वपूर्ण अन्तरराष्ट्रिय कला विधाका रूपमा लिइन्छ । साथै, यसले विभेद अन्त्य, अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धन, लैङ्गिक समानता र सामाजिक परिवर्तनमा युवाको भूमिकालाई सुदृढ गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।

सन् २०२१ मा अन्तरराष्ट्रिय ज्याज दिवसको १० औँ वार्षिकोत्सव विश्वकै सबैभन्दा ठूलो वार्षिक ज्याज उत्सवका रूपमा विभिन्न कार्यक्रमका साथ मनाइएको थियो । सो अवसरमा न्युयोर्क, लस एन्जलस, पेरिसस्थित युनेस्को मुख्यालय, केप टाउन, मस्को, टोकियो, रियो दि जेनेरियोलगायत विश्वका विभिन्न सहरहरूबाट आयोजना गरिएका कार्यक्रमहरूको समापन एक भव्य ‘अल-स्टार ग्लोबल कन्सर्ट’ मार्फत गरिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ७ : ४४ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०