११ भदौ २०८३, बिहिबार | August 27, 2026

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव



नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक मार्ग भएको दाबी गर्दै यस विषयमा नेपालले उठाएका सीमासम्बन्धी दाबीहरू अस्वीकार गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणा सम्बन्धी प्रश्नमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार भारतको अडान स्पष्ट र सुसंगत रहेको बताएका हुन् ।

उनका अनुसार लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग हो र दशकौँदेखि सोही मार्ग प्रयोग हुँदै आएको छ । “यो कुनै नयाँ विकासक्रम होइन,” उनले बताएका छन् ।

भारतले नेपालको दाबीलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जिकिर गर्दै एकपक्षीय रूपमा गरिएका क्षेत्रीय दाबी दीगो नहुने उल्लेख गरेको छ ।

यद्यपि भारतले नेपालसँगका सबै द्विपक्षीय विषयमा रचनात्मक संवादका लागि तयार रहेको जनाउँदै बाँकी सीमा विवादहरू पनि वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न खुला रहेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : ५३ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन