२८ भदौ २०८३, आइतबार | September 13, 2026

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ । बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी प्रस्तावित खाकामाथि छलफल हुने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ संरचना तयार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । हालका चार मन्त्रालय खारेज गरिने र अन्य ६ मन्त्रालयको नाम परिवर्तन गरिने प्रस्ताव तयार भएको जनाइएको छ ।

सरकारले मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका तयार पार्न गोविन्दबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले संघीय सरकारअन्तर्गत मन्त्रालय संख्या १७ मा सीमित गर्ने सुझाव दिएको थियो ।

यस्तो छ प्रस्तावित संरचना

सरकारको तयारीअनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गरिनेछ ।

खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइने प्रस्ताव छ । युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी क्षेत्रलाई एकीकृत गर्दै ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ गठन गर्ने तयारी गरिएको छ ।

खानेपानी तथा शहरी विकास क्षेत्रलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइनेछ । सरसफाइ क्षेत्रलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने र केही अन्य विषयहरू पनि सोही कार्यालयअन्तर्गत ल्याउने तयारी छ ।

सरकारले आफ्नो सय दिने कार्ययोजनाअनुसार मन्त्रालय संख्या घटाउँदै प्रशासनिक सुधारलाई तीव्रता दिने लक्ष्यसहित यस्तो संरचनात्मक परिवर्तनको तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ८ : २८ बजे

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन, भोली निराहार व्रत

काठमाडौं । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला