४ आश्विन २०८३, आइतबार | September 20, 2026

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु



गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष रामपसाद पाण्डेले जानकारी दिए ।

नवनिर्मित भवनमा सभाहल, बैठक कक्ष र कर्मचारीका लागि आवाससहित ३२ वटा कोठा छन् । चारतले उक्त भवनमा अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा आवतजावत गर्न लिफ्टको व्यवस्था गरिएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा नौ करोड रु १० लाख ९९ हजार ४३५को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । भवन निर्माणका लागि अम्बेमाँ बलदेव जेभी, भरतपुरले जिम्मा पाएको थियो ।

निर्माण कम्पनीले २०८२ असार ५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको भए पनि निर्धारित समयभन्दा दुई महिना अघिनै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ४ : ४४ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा