१० असार २०८३, बुधबार | June 24, 2026

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता



नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल एक हजार ३२६ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । तीमध्ये एक हजार ४८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा र २७८ जनाले अनलाइन तथा कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।

निर्वाचन कार्यालयले चैत २२ गतेदेखि मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिन आग्रह गरेपछि जिल्ला निर्वाचन कार्यालयमा भीड लाग्न थालेको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

उनले दैनिक २० देखि २५ जना दैनिक रूपमा मतदाता नामावलीमा नाम दर्ताका लागि कार्यालयमा आइरहेको जानकारी दिँदै युवा उमेरका मतदाताले अनलाइनबाट आवेदन दिएको उल्लेख गरे । अधिकांश आवेदन दिने २० देखि ४० वर्षसम्मका छन् ।

शाहीका अनुसार मतदाता नामावलीका लागि भौतिक रूपमा उपस्थित हुनेसँगै अनलाइनबाट आवेदन दिने धेरै छन् । “मतदाता नामावलीमा छुटेका देखिन्छन् त्यसैले आवेदन खुला गरिएको छ”, जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख शाहीले भने ।

प्रमुख शाहीले यो सङ्ख्या बढ्दै जाने उल्लेख गर्दै अनलाइनबाट नै त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्ने कार्य भइरहेको बताए । शाहीले अहिले त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्नका लागि समय धेरै नलाग्ने उल्लेख गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ४९ बजे

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको