१० असार २०८३, बुधबार | June 24, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त



बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना गर्भवतीबाट संक्रणम नभएका बच्चा जन्मिएका छन । संक्रमित ४३ आमाबाट जन्मिएका सबै बच्चा स्वच्छ जन्मिएका हुन् ।

एडस् हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपाल लुम्बिनी प्रदेशका संयोजक धर्मराज भटटाराईले आमाको उपचारमा विशेष ख्याल र बच्चा जन्माउन विशेष ध्यान दिएपछि बच्चामा संक्रमण नदेखिएको बताए । सङ्क्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सार्न रोक्छ । बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल ६ हप्तासम्म खुवाइन्छ ।

एचआइभी संक्रमितको उपचारमा लुम्बिनी प्रादेशिक अस्पताल काठमाडौंको टेकुपछिको राम्रो मानिन्छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट एचआइभी संक्रमित १ हजार ७०५ जना छन् । जसमध्ये ८५३ पुरुष, ७७९ महिला, १८ जना अन्य र ५६ जना बच्चा रहेका भटटराईको भनाइ छ ।

एएचएफ नेपालले जोखिमपूर्ण क्षेत्र मानिने सेक्स वर्कर, लागु औषध प्रयोगकर्ता र कैदी बन्दीमा टेस्ट गर्दै आएको छ । एएचएफको रणनीतिक लक्ष्य लक्ष्य अनुसार एचआइभी संक्रमण रोकथामको लागि किशोरी र युवाहरुमा रोकथामका लागि कण्डम समेत वितरण गर्दै आइरहेको प्रादेशिक अस्पतालका फोकल पर्सन भीमप्रसाद ज्ञवालीले जानकारी दिए ।

एएचएफ नेपालले बुधबार बुटवलमा पत्रकारसँग अन्तरक्रिया समेत गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले एचआइभी संक्रमण र रोकथामको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ५ : २६ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार