१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठकमा कांग्रेसका तर्फबाट सहभागी नहुने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्दम्बेले जानकारी दिए। समितिमा कांग्रेसबाट सचेतक निस्कल राई सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सदस्य छन्।

कांग्रेसले गृह मन्त्रालयसँग सम्बन्धित विषय, विशेषगरी सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने भए पनि उनी बैठकमा उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएको छ। गृह मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री स्वयंले सम्हालिरहेकाले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकमा सहभागी नहुने कांग्रेसको अडान छ।

आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नरहेको टिप्पणी गर्दै प्रधानमन्त्री उपस्थित हुने भए मात्र बैठकमा सहभागी हुने बताए। उनले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको पनि उल्लेख गरे।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ०० बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार