काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ ।
सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।
त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए ।
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३० गते मध्याह्न १२ः१५ बजे बस्नेछ ।




















प्रतिक्रिया