१० भदौ २०८३, बुधबार | August 26, 2026

माइतीघरमा भूमिहीन सुकुम्बासीको प्रदर्शन



काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जबरजस्ती उठीबास र डोजर अभियानको विरोध गर्दै राजधानीमा आन्दोलन तीव्र पारेका छन् ।

देशका विभिन्न जिल्लाबाट आएका उनीहरू माइतीघर मण्डलामा भेला भएर सरकारसँग उचित व्यवस्थापन र आवासको सुनिश्चितता माग गरेका हुन् ।

प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाइनु अन्यायपूर्ण भएको बताएका छन् । उनीहरूले चुनावका बेला गरिएका प्रतिबद्धता सरकारले बिर्सिएको आरोप समेत लगाएका छन् । आन्दोलनमा सहभागीहरूको भनाइ छ— “व्यवस्थापन बिना विस्थापन स्वीकार्य हुँदैन ।”

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको अगुवाइमा ७ प्रदेशका २० जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको आन्दोलनमा भूमिहीनहरूले “डोजर आतंक बन्द गर”, “भूमिहीनलाई व्यवस्थापन गर” लगायतका नाराबाजी गरेका थिए ।

यसैबीच, मञ्चले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर भूमि तथा आवास अधिकार सुनिश्चित गर्न १२ बुँदे मागपत्र बुझाएको छ । मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई विस्थापन नगरी संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : २६ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी