१६ भदौ २०८३, मंगलबार | September 1, 2026

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल प्रा.लि. बीच विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार ईक्यान रुपन्देहीसँग आबद्ध सदस्य, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालबाट प्रदान गरिने विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेत तथा बुटवल हस्पिटल प्रा.लि.का महाप्रबन्धक देवेश कर्ण ले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष वस्नेतले उक्त सम्झौताले ईक्यानसँग आबद्ध सदस्य तथा उनीहरूका परिवारलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै बुटवल हस्पिटलका महाप्रबन्धक कर्णले उपचारका लागि बिरामीहरूलाई बुटवल बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित अस्पतालले सेवा विस्तार र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरिरहेको बताए ।

सम्झौता कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू राम खड्का र जीडी सिखर धिताल लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी बुटवल हस्पिटल प्रा.लि.का प्रशासन प्रमुख विक्रम खडका, बजार व्यवस्थापक सुमन तिमल्सिना सहित अन्य प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : ०३ बजे

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको