१० भदौ २०८३, बुधबार | August 26, 2026

सुकुम्बासीमाथि दमन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन



काठमाडौं । सुकुम्बासी बस्तीमाथि राज्यले दमन गरेको आरोप लगाउँदै विभिन्न संघसंस्थाले बुधबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती हटाउने कार्य, बढ्दो महँगी तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप भइरहेको भन्दै विरोध जनाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले सरकारले विदेशी शक्तिको प्रभावमा परेर भूमिहीन र सुकुम्बासी समुदायमाथि बल प्रयोग गरिरहेको आरोप लगाए। उनीहरुले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा राज्यले दमनको नीति अवलम्बन गरेको भन्दै यसको विरोधमा नागरिक समाज र मानव अधिकारकर्मीहरू एकजुट हुनुपर्ने बताएका छन्।

सरकारले पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान चलाएको छ। यस्तै, देशका अन्य भागमा पनि भूमिहीन बस्ती खाली गराउने प्रक्रिया जारी रहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : २१ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार