३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन



काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक, जबर्जस्ती उठिबास र राज्य दमनको विरोध गर्दै काठमाडौंको माइतीघर मण्डलामा आज पनि प्रदर्शन भएको छ ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र अखिल नेपाल सुकुम्बासी सङ्घको नेतृत्वमा राजधानीको माइतीघर मण्डलामा खबरदारी प्रदर्शन भएको हो ।

विभिन्न स्थानका सुकुम्बासी बस्तीहरूमा बिना विकल्प डोजर चलाइएको, उचित पुनर्वासको व्यवस्था नगरिएको तथा राज्यबाट दमन भइरहेको भन्दै उनीहरूले विरोध गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्षतिपूर्तिसहित उचित पुनर्वासको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले “बालेन सरकार चाहिँदैन, डोजर लाउन पाइँदैन”, “जबर्जस्ती उठिबास बन्द गर”, “डोजर आतंक बन्द गर”, “डोजर होइन, न्याय चलाऊ” लगायतका नारासहित प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

मोर्चाले सुकुम्बासी बस्तीहरूमा कुनै वैकल्पिक व्यवस्था नगरी डोजर चलाउनु मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यस्तो कार्य तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ।

प्रदर्शनकारीहरूले भूमिहीन नागरिकको सम्मानजनक बसोबासको अधिकार सुनिश्चित गर्दै राज्यले संवाद, क्षतिपूर्ति र पुनर्वासको स्पष्ट नीति लागू गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १ : ४३ बजे

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक,

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको