२५ असार २०८३, बिहिबार | July 10, 2026

जनअपेक्षा सम्बोधन गर्दै पार्टी र जनताबीच सम्बन्ध सुदृढ बनाउनुपर्छ : विद्या भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्।

३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले स्वर्गीय भण्डारी र जीवराज आश्रितप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

भण्डारीले मदन-आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउन अभूतपूर्व योगदान गरेको उल्लेख गरेकी छन्। उनले मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)ले लोकतान्त्रिक माध्यममार्फत सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेकपा एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताइन्।

भण्डारीले विगतका उपलब्धिसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै पार्टी अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याइन्। अहिले देखिएका चुनौतीहरूको सामना गर्न सुदृढ सांगठनिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको उनको भनाइ छ।

भण्डारीले जनअपेक्षा र सुधारप्रतिको चाहनालाई सम्बोधन गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताएकी छन्। सिद्धान्त र व्यवहारबीच सन्तुलन कायम गर्दै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सबैलाई अझ जिम्मेवार भएर अघि बढ्न मदन–आश्रित स्मृति दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ९ : १६ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट