३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

संसद घेराउबाट जोगाउन नेकपा संसदीय दलले बिहानै बोलायो सांसदहरुलाई संसद भवन



बुटवल । सम्भाव्य धर्ना र घेराउका कारण सांसदहरु संसद भवन प्रवेशमा अवरोध हुन सक्ने सम्भावनाको आँकलन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ५ संसदीय दलले सोमबार बिहानै ७ बजे संसदीय दलको बैठक बोलाएको छ ।

संसद भवन नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको र दलको बैठकमा ७ बजे बैठकमा उपस्थित हुन सुचना गरिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

कार्यसुची अनुसार प्रदेशको स्थायी राजधानी तोक्नका लागि सरकारले पेश गरेको प्रस्तावमा सोमबार छलफल हुने कार्यक्रम रहेको छ ।

छलफलमा भाग लिन संसद भवन पुग्न अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर बिहानै सांसदहरुलाई संसद भवनमा भित्र पु-याउन बैठक बोलाइएको नेकपा संसदीय दल स्रोतले उल्लेख गरेको छ ।

शनिबार मुख्यमन्त्री निवासमा बसेको दलको बैठकमा फरक मत दर्ज गरेका सांसदहरुले आजको दलको बैठक बहिस्कार गर्ने सम्भावना रहेको पार्टी स्रोतले खबरकुरालाई बताएको छ ।

सरकारको प्रस्तावमा फरक मत दर्ज गरेका नेकपा सभासद भोजप्रसाद श्रेष्ठले आफु दलको बैठकमा सहभागि नहुने संकेत गरेका छन् । ‘संसदभवनमा म जान्न, घेराबन्दीमा बसेर के गर्ने ?’ उनले भने । संसदमा सरकारको प्रस्तावको कडा प्रतिबाद हुने सांसद श्रेष्ठले संकेत गरे । नाजायज तरिकाले सरकारले प्रस्ताव गरेको भन्दै उनले सहमतिमा गर्न सकिने बिषयलाई सरकारले असहमतितर्फ उन्मुख गरेको आरोप लगाए ।

सरकारको गलत शैलीका कारण जनतामा आक्रोश आएको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ५७ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने