२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

संसद घेराउबाट जोगाउन नेकपा संसदीय दलले बिहानै बोलायो सांसदहरुलाई संसद भवन



बुटवल । सम्भाव्य धर्ना र घेराउका कारण सांसदहरु संसद भवन प्रवेशमा अवरोध हुन सक्ने सम्भावनाको आँकलन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ५ संसदीय दलले सोमबार बिहानै ७ बजे संसदीय दलको बैठक बोलाएको छ ।

संसद भवन नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको र दलको बैठकमा ७ बजे बैठकमा उपस्थित हुन सुचना गरिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

कार्यसुची अनुसार प्रदेशको स्थायी राजधानी तोक्नका लागि सरकारले पेश गरेको प्रस्तावमा सोमबार छलफल हुने कार्यक्रम रहेको छ ।

छलफलमा भाग लिन संसद भवन पुग्न अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर बिहानै सांसदहरुलाई संसद भवनमा भित्र पु-याउन बैठक बोलाइएको नेकपा संसदीय दल स्रोतले उल्लेख गरेको छ ।

शनिबार मुख्यमन्त्री निवासमा बसेको दलको बैठकमा फरक मत दर्ज गरेका सांसदहरुले आजको दलको बैठक बहिस्कार गर्ने सम्भावना रहेको पार्टी स्रोतले खबरकुरालाई बताएको छ ।

सरकारको प्रस्तावमा फरक मत दर्ज गरेका नेकपा सभासद भोजप्रसाद श्रेष्ठले आफु दलको बैठकमा सहभागि नहुने संकेत गरेका छन् । ‘संसदभवनमा म जान्न, घेराबन्दीमा बसेर के गर्ने ?’ उनले भने । संसदमा सरकारको प्रस्तावको कडा प्रतिबाद हुने सांसद श्रेष्ठले संकेत गरे । नाजायज तरिकाले सरकारले प्रस्ताव गरेको भन्दै उनले सहमतिमा गर्न सकिने बिषयलाई सरकारले असहमतितर्फ उन्मुख गरेको आरोप लगाए ।

सरकारको गलत शैलीका कारण जनतामा आक्रोश आएको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ५७ बजे

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी ।। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु