५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा



पाल्पा । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धीलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताए । उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै यहाँ मिसन अस्पताल, मेडिकल कलेज र जिल्ला अस्पतालमार्फत सरकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताए । उनले पाल्पा जिल्ला भित्र मात्र नभई बाहिरी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने केन्द्रका रूपमा विकास भएको धारणा राखे ।

मुख्यमन्त्री आचार्यले जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा विगतदेखि नै छलफल भइरहेको बताउँदै संघीय सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण प्रक्रिया केही जटिल बनेको उल्लेख गरे । उनले ५० शैयाको अस्पताल निर्माणका लागि आवश्यक मापदण्ड तथा नियमावली अगाडि बढाइएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा बहुवर्षीय आयोजनाका रूपमा कार्यक्रम अघि सारिने बताए ।

भवन निर्माणको कामलाई पनि तीव्र रूपमा अघि बढाइने उनको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत विशेष प्राथमिकता दिइने उल्लेख गर्दै प्रदेशभित्रै विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको, लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउनेगरी सरकारले लगानी लगाएको स्पष्ट पारे । ‘लुम्बिनी प्रदेशको विरामी थप उपचार सेवा लिन अनेत्र जानु नपरोस, आफ्नै प्रदेश भित्रको अस्पतालबाट निको भएर घर फर्किने वातावरण बनाउन चाहन्छौं’ उनले भने, ‘हामिले लुम्बिनी प्रादेशिक अस्पताललाई सोही रुपमा अघि बढाएका छौं । त्यो अस्पताल रुपन्देहीको मात्रै होइन, सिंगो लुम्बिनी प्रदेशका बासिन्दाको अस्पताल हो ।’

मुख्यमन्त्री आचार्यले अथक प्रयासबाट पाल्पाले लुम्बिनी प्रदेशलाई गर्व गर्ने अवसर दिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा अब्बल काम गरेर उदाहरण प्रस्तुत गरेकोमा सरोकारवालालाई धन्यवाद दिए । सफल हुनु मात्रै ठूलो कुरा नभई त्यसलाई दीगो बनाएर निरन्तरता दिनु अझ चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

पूर्णखोप तथा संस्थागत प्रसुति सेवाको उपलब्धीलाई दीगो बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहने मुख्यमन्त्री आचार्यले बताए । उनले गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन वर्थिङ्ग सेन्टरलाई व्यवस्थित र आवश्यकताअनुसार मर्ज गर्दै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै उनले सेवा अवधिपछि विदाई हुँदा सम्मानस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  २ : १७ बजे

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड

दिउँसै लालटिन बालेर विरोधमा उत्रिए कानुन व्यवसायी

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा नियुक्त ढकालले गरिन पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नवनियुक्त अस्पताल विकास समिति

खजुरा क्यान्सर अस्पताल सम्बन्धी उजुरीको फायल खोतल्दै अख्तियार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा