२३ भदौ २०८३, मंगलबार | September 9, 2026

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार



बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका-७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो ।

विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए । विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले अस्पतालमै सफल उपचार गरेको हो ।

‘यसअघि पनि सर्पले टोकेका बिरामी अस्पताल आउँथे, उनीहरूको अवस्था हेरेर सामान्य उपचारपछि रेफर गरिन्थ्यो, तर, धौलागिरी प्रादेशिक अस्पताल बागलुङ सर्पदंश उपचार केन्द्रको रूपमा विकास भएपछि विषालु सर्पले टोकेका बिरामीको उपचार गरिएको यो पहिलो पटक हो’, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए । कन्सल्टेन्ट सर्जन डा. शङ्कर राज लामिछानेको टोलीले सर्पदंशको सफल उपचार गरेको हो ।

उपचारपछि निको भएका विकलाई चिकित्सकसँग सम्पर्कमा रहने गरी डिस्चार्ज गर्ने तयारी गरिएको छ । सर्पले टोकेमा घरेलु उपचार र धामीझाँक्रीको पछि नलागी जतिसक्दो छिटो अस्पताल आउन धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले आग्रह गरे ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ८ : ०० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी