१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

श्रम स्वीकृतिको काम आजबाट सुचारु



काठमाडौं । काठाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आजबाट पुनः श्रमस्वीकृति सेवा सुचारु गरेको छ ।

कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि गत बुधबारदेखि श्रम स्वीकृति लगायत सबै सेवा बन्द गरिएको थियो ।

श्रम स्वीकृति बन्द गरिँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई समस्या भएको थियो ।

भिसाको म्याद सकिन लागेका र तत्कालै श्रम गन्तव्य देशमा पुग्न चाहने श्रमिकहरु श्रम कार्यालय बन्द हुँदा मर्कामा परेका थिए ।

तर, ती श्रमिकहरुलाई ध्यामा राखेर आजबाट पुनः सेवा सुचारु गरिएको कार्यालयले जनाएको छ।

यद्यपी, कार्यालयमा जनस्वास्थ्य मापदण्डलाई कडाइकासाथ पालना गर्नुपर्ने नियम लगाइएको छ ।

सेवा लिन आउनेले सामाजिक दूरी पालना गर्नुपर्ने, कार्यालयले लगाएको गोलो चिन्हमा उभिनुपर्ने र त्यसअघि साबुमन पानीले राम्रोसँग हात धुन अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ५० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले