२७ असार २०८३, शनिबार | July 11, 2026

रास्वपा सभापति लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् । काठमाडौंमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग पार्टीको समसामयिक अवस्था, संसदीय गतिविधि तथा आगामी रणनीतिका विषयमा छलफल गर्न लागिएको हो ।

पार्टी प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सल्लाह-सुझावका आधारमा सभापति लामिछानेले छलफल कार्यक्रम तय गरेको जानकारी दिए । उनका अनुसार कोसी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तथा मधेस प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल हुनेछ ।

प्रवक्ता झाले बाँकी प्रदेशका सांसदहरूसँग पनि क्रमशः अन्य दिनमा छलफल कार्यक्रम आयोजना गरिने बताए । रास्वपाले पछिल्लो समय पार्टी संगठन सुदृढीकरण, संसदीय भूमिकाको प्रभावकारिता तथा आगामी राजनीतिक रणनीतिका विषयमा आन्तरिक छलफललाई तीव्र बनाउँदै आएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ८ : ०२ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका