१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

पोखराको फिर्केखोलाका अतिक्रमित संरचना हटाउन चल्यो डोजर



पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउन आइतबारदेखि डोजर चलाएको छ । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दाका रूपमा रहेको फिर्केखोला अतिक्रमण हटाएर करिडोर निर्माण गर्ने उद्देश्यसहित महानगरले अभियान थालेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा बिहान १० बजेदेखि फिर्केखोलाका तीन स्थानबाट एकसाथ डोजर परिचालन गरिएको हो ।

पहिलो चरणमा जिरोकिलोमिटर र सिर्जना चोकबीच फिर्केमाथि बनेका संरचना हटाउन सुरु गरिएको छ । उक्त क्षेत्रमा रहेको लायन्स भवनबाट भत्काउने काम सुरु गरी वडा नं. ६ तर्फ डोजर अगाडि बढाइएको महानगरले जनाएको छ ।

त्यसैगरी अर्को डोजरले वडा नं. २ र १८ को सिमाना अँधेरीकुनादेखि संरचना हटाउन सुरु गर्दै वडा नं. ४ तर्फ अघि बढेको छ । अर्को टोलीले वडा नं. ४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट संरचना हटाउँदै वडा नं. ५ र ८ तर्फ अभियान सञ्चालन गरेको छ ।

महानगरपालिकाले २०८० साल असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र निर्माण भएका सबै प्रकारका स्थायी तथा अस्थायी संरचना हटाउन थालेको जनाएको छ ।

प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरभित्र १६० वटा संरचना निर्माण गरिएको पाइएको छ । तीमध्ये सरकारी कार्यालय, प्रदेश प्रहरी कार्यालय, समाजघरदेखि निजी घरटहरासम्म रहेका छन् ।

महानगरपालिकाले जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण संरचना जेठ ९ गतेभित्र आफैं हटाउन आग्रह गरेको थियो । निर्धारित समयसीमा सकिएपछि महानगरले डोजर परिचालन गरेर अतिक्रमित संरचना हटाउने अभियान सुरु गरेको हो ।

महानगरले डोजर चलाउने सूचना जारी गरेसँगै फिर्केखोलाभित्र रहेका केही संस्था तथा स्थानीयले भने आफ्ना संरचना आफैं हटाउन थालेका थिए । फोटोग्राफर संघ, लायन्स क्लबलगायत संस्थाले यसअघि नै भवन तथा सामग्री खाली गरिसकेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ११ : २८ बजे

ओलीमाथि दबाबका बीच एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३

बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई अतिरिक्त समयमा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु