२४ असार २०८३, बुधबार | July 8, 2026

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा



काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने जनाएको छ । कामपा–११, १४, ३१ र ३२ आसपासमा नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए।

“विगतका वर्षमा नदी आसपासका स्थानमा नै बाढीजन्य घटना बढी घट्ने गरेका थिए । उक्त स्थानमा रहेको बसोबास हटाइएपछि यस वर्ष एक–दुई स्थान छिट्फुटबाहेक नदीजन्य विपद्का घटनामा कमी आउने विश्वास छ,” उनले भने । उनका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधानी अपनाउनुपर्ने छ । बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिए ।

सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनस्र्थापना, लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने गरी कामपाले काम गरिसकेको उनको भनाइ छ ।

सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माणको आवश्यकता रहेको पनि उनले बताए । सामूहिक ज्ञान, सीप र सोच विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा विश्वास लिइएको छ । आगामी वर्ष रणनीतिक योजना कार्यान्वयन थालिने र त्यसैअनुसार कार्यक्रम र बजेट प्रस्ताव गरिने उनको भनाइ छ ।

विपद् व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र, ती संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको उनको भनाइ छ ।

“वडास्तरीय विपद् व्यवस्थापनका लागि पूर्वाधार विकासजन्य जोखिमसहित पूर्वानुमान गर्ने, कामपाका केन्द्र र वडास्तरीय क्षमता विकास गर्ने गरी नीति ल्याउनुपर्ने आवश्यकता छ,” उनले भने । सहरको पहिलो जोखिम आगलागी रहेको भन्दै जोशीले विद्युत्जन्य आगलागीको जोखिम बढ्दै गएको बताए । “आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट बाहिर निस्किने गरेका छन् । सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन छ,” जोशीले भने ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १२ : १३ बजे

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको