५ श्रावण २०८३, मंगलबार | July 22, 2026

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै



काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने साफ महिला च्याम्पियनसिप आजदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार खेल दिउँसो ४ः४५ बजे गोवास्थित फतोरदा रंगशालामा सुरु हुनेछ ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा आयोजक भारतले माल्दिभ्ससँग साँझ ७ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । साफ महिला च्याम्पियनसिप जेठ २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल जेठ १७ गते श्रीलंकाविरुद्ध खेल्ने तालिका रहेको छ । प्रतियोगिताको सेमिफाइनल जेठ २० गते तथा फाइनल खेल जेठ २३ गते हुने आयोजकले जनाएको छ ।

साफ च्याम्पियनसिपका लागि घोषित नेपाली टोलीको कप्तानी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले गर्नेछिन् । टोलीमा अन्य गोलकिपरका रूपमा अञ्जना राना मगर र उषा नाथ रहेका छन् ।

डिफेन्डरमा पूजा राना, गीता राना, विमला बिके, हिराकुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् ।

त्यस्तै फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् । यसपटक नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको छ । नेपाली महिला टोली साफ प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए पनि हालसम्म उपाधिबाट भने वञ्चित रहँदै आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ७ : ५७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं