१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।

बिहीबार अपराह्न शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)सम्बन्धी तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

भेटका क्रममा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेको जनाइएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा। वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सरकारले आगामी बजेटलाई आर्थिक सुधार, राजश्व परिचालन, उत्पादन वृद्धि तथा लगानी प्रोत्साहनमा केन्द्रित गर्ने अपेक्षा गरिएको छ। बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ७ : ४६ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय