१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।

बिहीबार अपराह्न शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)सम्बन्धी तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

भेटका क्रममा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेको जनाइएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा। वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सरकारले आगामी बजेटलाई आर्थिक सुधार, राजश्व परिचालन, उत्पादन वृद्धि तथा लगानी प्रोत्साहनमा केन्द्रित गर्ने अपेक्षा गरिएको छ। बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ७ : ४६ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको