१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने



काठमाडौँ । आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ । आज आगामी आव २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने बताए ।

उनका अनुसार महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ । मेची, अरुण, कोशी, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने मन्त्री वाग्लेले बताए ।

उनका अनुसार काठमाडौँ चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्डको विस्तार कार्य सुरु गरिनेछ । बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिनेछ । टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने मन्त्री वाग्लेले बताए ।

“कर्णाली प्रदेशको जनजीवन सहज बनाउन जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्लासम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ,” मन्त्री वाग्लेले भने, “खुर्कोट–चियाबारी, भानकोट–चिप्लाङ, मजिमटार–शक्तिखोर तथा चिसापानी–बबई सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययनसमेत अगाडि बढाइनेछ ।”

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : ५१ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको