३ श्रावण २०८३, आइतबार | July 19, 2026

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने



बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । नेपालमै उत्पादन हुने सिमेन्ट तथा कंक्रिटको प्रयोग बढाएर पूँजी पलायन रोक्न र रोजगारी सिर्जनामा टेवा पुर्‍याउन सकिने उनीहरूको भनाइ छ ।

सिमेन्ट उत्पादक संघ नेपालले बुधबार बुटवलमा आयोजना गरेको ‘सडकका लागि बलियो फुटपाथको डिजाइन र निर्माण’ विषयक अन्तरक्रियामा सहभागीहरूले सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा स्वदेशी सामग्रीको प्रयोग विस्तार गर्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य इञ्जिनियर अर्जुनजंग थापाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सडक निर्माणमा सिमेन्टको प्रयोग क्रमशः बढाइँदै लगिएको बताए । दाउन्ने क्षेत्रमा निर्माणाधीन करिब ११ किलोमिटर सडक तथा सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा ढलान सडक निर्माणमा सिमेन्ट प्रयोग गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको प्रयोग अझ विस्तार गरिने बताए ।

थापाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक विस्तार आयोजना यसै आर्थिक वर्षभित्र टेन्डर प्रक्रियामा जाने जानकारी पनि दिए । पुरानो डिजाइनअनुसार अघि बढ्ने वा नयाँ डिजाइन तयार गर्ने विषयमा छलफल भइरहेको उल्लेख गर्दै उनले परियोजना कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले बुटवल–रानीमहल–कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्मको सडक मार्गलाई छोटो दूरीको विकल्पका रूपमा विकास गर्ने सम्भावनाबारे पनि सरकार स्तरमा छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई केन्द्रमा राखेर नजिकका पर्यटकीय गन्तव्यसम्म सहज पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । मुक्तिनाथसम्मको यात्रालाई सहज बनाउने गरी सडक पूर्वाधार विस्तार गर्न संघीय सरकारसँग आग्रह गर्दै उनले गुणस्तरीय र दीर्घकालीन सडक निर्माणका लागि बिटुमिनको विकल्पका रूपमा सिमेन्ट ढलान प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताए ।

स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक इञ्जिनियर अशोककुमार साह, सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष ध्रुवनन्दन मारु तथा नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष महेश्वर लम्सालले नेपाललाई सिमेन्ट र काठ उत्पादनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उनीहरूले अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको मूल्य निरन्तर बढ्दै गएकाले सडक निर्माणमा सिमेन्ट र कंक्रिटको प्रयोग बढाउनु समयको आवश्यकता भएको बताए । गुणस्तर, टिकाउपन र दीर्घकालीन लागतका दृष्टिले पनि ढलान सडक उपयुक्त हुने उल्लेख गर्दै उनीहरूले यसका लागि सरकारी नीतिमा आवश्यक सुधार गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ६ : ०२ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब