३० भदौ २०८३, मंगलबार | September 15, 2026

ठमेलका स्पा र मसाज सेन्टरमा महानगरको अनुगमन, बालश्रम र यौन शोषणविरुद्ध कडा निगरानी



काठमाडौं । काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालनमा रहेका मसाज सेन्टर र स्पा केन्द्रहरूको अनुगमन गर्दै बाल यौन बेचबिखन तथा श्रम शोषण नियन्त्रण अभियानलाई तीव्र बनाएको छ ।

काठमाडौं महानगरपालिका-२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी तथा महानगर प्रहरीसँगको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा केही स्पा तथा मसाज सेन्टरहरू दर्ताबिनै सञ्चालन भएको तथा आचारसंहिता विपरीत व्यवसाय सञ्चालन गरिएको पाइएको समितिले जनाएको छ ।

समितिका संयोजक शान्ता प्रजापतिका अनुसार वडा क्षेत्रमा सञ्चालित होटल, मसाज सेन्टर, स्पा, खाजाघर, लज तथा गेष्ट हाउसमा विभिन्न बहानामा १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउने र यौन शोषणमा प्रयोग गर्ने गरिएको गुनासोपछि अनुगमनलाई तीव्रता दिइएको हो ।

उनले १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रम वा यौन व्यवसायमा संलग्न गराउनु कानुनविपरीत र दण्डनीय अपराध भएको स्पष्ट पारे । “यदि कसैले यस्तो कार्य गरेको पाइएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन तथा बालश्रम (निषेध तथा नियमित गर्ने) ऐनअनुसार कडा कानुनी कारबाही गरिनेछ,” उनले बताए ।

महानगरपालिकाले ठमेल क्षेत्रका मसाज तथा स्पा केन्द्रमा नियमित अनुगमन जारी राख्ने जनाएको छ । साथै, व्यवसायमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा राख्नुपर्ने, प्रत्येक व्यावसायिक स्थलमा ‘बालश्रम तथा यौन शोषण निषेध’ सम्बन्धी सचेतनामूलक बोर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ ।

संयोजक प्रजापतिले बाल यौन बेचबिखन वा श्रम शोषण भएको जानकारी प्राप्त भएमा तत्काल वडा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उनले भने, “हाम्रो वडालाई बालमैत्री र सुरक्षित बनाउनु प्रमुख दायित्व हो । बालबालिकाको भविष्यसँग खेलबाड गर्ने जो-कोहीलाई पनि छुट दिइने छैन ।”

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ७ : ३१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ