३० भदौ २०८३, मंगलबार | September 15, 2026

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला



काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा सकुशल फेला परेका छन् । खोजी टोलीले उनलाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो ।

उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध रहेका थिए । खोजीमा खटिएको टोलीका अनुसार दावालाई हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा फेला पारिएको थियो ।

एटके एक्सपिडिसनका एमडी पेम्बा शेर्पाका अनुसार फेला परेपछि उनलाई तत्काल उद्धार गरी आधार शिविरतर्फ लगिएको थियो । त्यसपछि अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

फेसबुकमा सार्वजनिक भएका तस्वीरहरूमा उनका हातका औंलामा घाउ देखिएको जनाइएको छ । उनी यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए ।

उनको खोजीका लागि एटके एक्सपिडिसनले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको उद्धार टोली परिचालन गरेको थियो ।

दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा उनी सम्पर्कविहीन भएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ११ : १२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ