२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो



बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ ।

करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङसहित मुक्तिनाथ जाने पर्यटक प्रभावित भएका छन् ।

उक्त सडक दुई वर्षभित्र कालोपत्र गर्न पाँच वर्षअघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो । गत जेठमा पुनः समयावधि थपिए पनि काम नभकोमा सर्वसाधारण रुष्ट छन् ।

चालु आर्थिक वर्षभित्र काम पूरा नगरे कारबाही हुने कालीगण्डकी करिडोर आयोजना कार्यालयका इन्जिनियर होमनाथ पौडेलले चेतावनी दिए । उक्त खण्ड कालोपत्र गर्न रु ४८ करोड १२ लाख ५६ हजार ५२३ मा सम्झौता भएको हो ।

निर्माण व्यवसायी दिनबन्धु काफ्लेले बजेट नहुँदा कामले गति नलिएको स्वीकार गरे । पर्याप्त कामदार र उपकरण परिचालन गरेर निर्धारित समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  १२ : ०१ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन