२९ भदौ २०८३, सोमबार | September 15, 2026

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा



काठमाडौं । सामाजिक सञ्जालमा ‘तुल्सा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ), संगठित अपराध तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।

तुल्सा अधिकारीसहित १० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको आधार ललितपुरका व्यवसायी कुमार चिमोरियाले दिएको जाहेरी बनेको थियो ।

चिमोरियाले २०८२ साउन २४ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिँदै अधिकारीले विभिन्न व्यवसायिक तथा लगानीका नाममा आफूबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएर दायित्व पूरा नगरेको आरोप लगाएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा बैंक कारोबार विवरण, सम्पत्ति अभिलेख, डिजिटल प्रमाण तथा सम्बन्धित व्यक्तिहरूको बयान संकलन गरिएको थियो । त्यसपछि अधिकारीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको थियो ।

अदालतमा भएको बयानका क्रममा अधिकारीले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गरेकी थिइन् । उनले चिमोरियासँगको आर्थिक कारोबार आफ्नो नभई ‘विष्णु’ नामका व्यापारिक साझेदारसँग सम्बन्धित रहेको दाबी गरेकी थिइन् । साथै, आफूलाई ठगी प्रकरणमा जोडिनु अन्यायपूर्ण भएको जिकिरसमेत गरेकी थिइन् ।

यद्यपि अभियोजन पक्षले विभिन्न आर्थिक प्रमाण, कारोबार विवरण तथा कागजातका आधारमा अधिकारीको संलग्नता पुष्टि हुने दाबी गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा अधिकारी तथा उनीसँग सम्बन्धित व्यक्तिहरूको नाममा रहेको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको छ । उक्त सम्पत्तिमा नगद, बैंक मौज्दात, घरजग्गा, सवारीसाधन तथा विभिन्न लगानी समावेश रहेको जनाइएको छ ।

सम्पत्तिको स्रोतबारे सन्तोषजनक प्रमाण पेश हुन नसकेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत चलाइएको हो । नेपालको कानुनअनुसार वैधानिक स्रोत पुष्टि गर्न नसकिएको सम्पत्तिमाथि अनुसन्धान गर्न सकिने तथा अदालतले अवैध ठहर गरेमा त्यस्ता सम्पत्ति जफत हुन सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ४ : ५२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ