१५ भदौ २०८३, सोमबार | August 31, 2026

संयोजक थापाले बुझाए ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो



काठमाडौँ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् ।

संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्रमन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्रसचिव अमृतबहादुर राईलाई आज दराजको साँचो हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । केही सञ्चार माध्यममा इपिजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै उक्त प्रतिवेदन राखेको दराजको साँचोमात्रै बुझेको स्पष्ट पारेको छ ।

नेपाल र भारतबीचका समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो । सन् २०१६ मा नेपाल र भारतले उक्त समूह गठन गरी दुई वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि हालसम्म दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  १० : ५९ बजे

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले

ढोल-झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको

एसिसी प्रिमियर कप : नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै