२९ भदौ २०८३, सोमबार | September 15, 2026

परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली पुगे



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली पुगेका छन् ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भारत पुगेका मन्त्री खनाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । साथै भारत सरकारका अन्य उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ ।

वार्तामा नेपाल-भारत सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा भइरहेको यस भ्रमणले नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ६ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ