१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी



काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान बढी पाएका हुन् ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८३/८४ अनुसार आगामी आर्थिक वर्षका लागि रु चार खर्ब २४ अर्ब २७ करोड ७४ लाख विनियोजन भएको छ । जसमध्ये स्थानीय तहलाई रु तीन खर्ब १४ अर्ब ६३ करोड ३९ लाख र स्थानीय तहलाई रु एक खर्ब नौ अर्ब ६५ करोड ३५ लाख बराबर हो । सङ्घ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण, ससर्त, विशेष र समपूरक शीर्षकमा यो अनुदान दिएको हो ।

प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढी मधेस प्रदेशलाई रु १७ अर्ब ५९ करोड ८७ लाख विनियोजन भएको छ । कर्णाली प्रदेशका लागि रु १७ अर्ब २० करोड ८२ लाख विनियोजन भएको छ । कोशी प्रदेशका लागि रु १६ अर्ब ४७ करोड १० लाख, बागमतीका लागि रु १५ अर्ब २१ करोड ४८ लाख, गण्डकीका लागि रु १२ अर्ब ७२ करोड ८५ लाख, लुम्बिनीका लागि रु १४ अर्ब ४१ करोड ७६ लाख र सुदूरपश्चिमका लागि रु १६ अर्ब एक करोड ४७ लाख विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने अन्तर सरकारी वित्तीय हस्तान्तरणको रकममध्ये समानीकरण अनुदान रु ६१ अर्ब ५० करोड ३२ लाख र सशर्त अनुदान रु ३९ अर्ब ७२ करोड ७४ लाख रहेको छ । विशेष अनुदानतर्फ रु तीन अर्ब ८२ करोड ११ लाख र समपूरक अनुदातर्फ रु चार अर्ब ६० करोड १८ लाख विनियोजन भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ४ : ४५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको