२९ भदौ २०८३, सोमबार | September 14, 2026

डा. प्रचण्डले गरे गरिब विद्यार्थीका लागि पोशाक सहयोग



नेपालगन्ज । नेत्र चिकित्सक डा. प्रचण्ड गौतमले आफ्ने गृहपालिकाको सामुदायिक विद्यालयमा अध्यनरत गरिब, असाहय, अशक्त, अभिभावकविहीन विद्यार्थीहरुका लागि विद्यालय पोशाक प्रदान गरेका छन् ।

खजुरा गाँउपालिका वडा नं २ का स्थानीयबासी डा. गौतमले खजुरा ‘के’ गाँउ स्थित सामुदायिक विद्यालय शुक्र मध्यामिक विद्यालयमा अध्ययनरत गरिब, असाहय, अशक्त, अभिभावकविहीन तथा विशेष समस्याहरू भएका बालबालिकाहरूको शैक्षिक उन्नयनको कामना सहित पोशाक प्रदान गरेका हुन् । डा. गौतमले सोही विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।

आज एक कार्यक्रमका बीच डा. गौतमकी आमा महेश्वरी गौतममार्फत विद्यालय पोशाक विद्यालयलाई हस्तान्तरण गरिएको थियो । बाँकेका पुराना बाम नेता डा. बाबुराम गौतमका सुपुत्र डा. गौतमले नेपालगन्जमा भिजन आँखा अस्पताल मार्फत नेत्ररोगको उपचार प्रदान गर्दै आएका छन् ।

विद्यार्थीहरुका लागि पोशाक प्रदान गरेकोमा डा. गौतम प्रति शुक्र माध्यमिक विद्यालयले धन्यवाद प्रकट गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  २ : ५७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ