काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौँबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक/एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ ।



















प्रतिक्रिया