२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीले फेरि कुनै विवादास्पद अभिव्यक्ति दिने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीलाई संसद् आवश्यक नलाग्न सक्ने भए पनि प्रतिपक्षका लागि संसद् अत्यन्त महत्वपूर्ण रहेको उनले बताए। उनले प्रधानमन्त्री कुनै दिन ‘छापामार शैली’मा संसद्मा उपस्थित भएर फेरि विवाद सिर्जना गर्ने अभिव्यक्ति दिन सक्ने आशंका व्यक्त गरे।

“प्रधानमन्त्रीजीलाई संसद् नचाहिएला, तर प्रतिपक्षलाई चाहिन्छ। कुनै दिन छापामार शैलीमा आउनुहोला र फेरि केही बोल्नुहोला। मेरो मुलुकको प्रधानमन्त्रीले फेरि कुनै उद्दण्ड मच्चाइदिनुहोला कि भनेर डर लागिरहेको छ,” उनले भने।

यद्यपि, प्रधानमन्त्रीका अभिव्यक्तिलाई लिएर अब निरन्तर रुमल्लिरहन नहुने निष्कर्षमा आफू पुगेको पनि उनले बताए। “अब उप्रान्त म उहाँलाई खोज्न चाहन्नँ। मेरो मुलुकका सवाल उहाँको उपस्थितिभन्दा पनि ठूलो र संवेदनशील छन्,” उनले भने।

आङ्देम्बेले प्रधानमन्त्रीले यसअघि संसद्मा दिएको ‘नेपालले भारतको सीमा मिचेको’ भन्ने आशयको अभिव्यक्तिलाई भने आपत्तिजनक रहेको दोहोर्‍याए। उक्त विषयमा कांग्रेसको असहमति स्पष्ट रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हित र सीमा सम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ४ : १६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ