१० भदौ २०८३, बुधबार | August 26, 2026

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने



काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन् । मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भम्रण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ । वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालैमात्र भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए ।

यसैगरी मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दललगायत राज्यका सबै निकाय र सञ्चार क्षेत्रको पनि एकमत हुनुपर्ने बताए । साथै उनले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गरे । मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका योजना बारेमा सुनाउँदै उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नती गर्न लागेको बताए ।

त्यस्तै मन्त्री खनालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने, लुम्बिनी फेलोसिप कार्यक्रमको सुरुआत गर्ने, भू–रणनीतिक सम्मेलन आयोजना गर्ने, राहदानीको बायोमेट्रिकमा देखिएका चुनौतीलाई समाधान गर्नेलगायत योजनाका बारेमा अवगत गराए । सोही अवसरमा उनले हालैको आफ्नो भारत भ्रमण प्रभावकारी र उपलब्धिमूलक भएको बताउँदै द्विपक्षीय आपसी हितका विविध विषयमा खुुलेर सौहाद्र्ध रूपमा भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता भएको उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकारको प्रतिबद्धताअनुसार आर्थिक समृद्धि र सुशासनका लागि मन्त्रालयले काम गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयबाट भएरगरेका कामका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १० : २८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट