२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु



हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) मा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब साढे १० बजे माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको फास्ट ट्र्याक आयोजनामा प्रयोग हुने पिकअप भ्यान सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका-९ निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका-७ का २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए । बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेका थिए भने यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए ।

दुर्घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोली घटनास्थलमा पुगेको थियो । टोलीले दुवै जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो ।

उनीहरूलाई बिहीबार बिहान अस्पताल ल्याइए पनि चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए । मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ८ : ५६ बजे

२ अर्व होइन, २ रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट

भागबन्डा होइन, निष्पक्ष महाधिवेशनको ग्यारेन्टी चाहिन्छ : कांग्रेस इतर समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र बृहत्तर एकता कायम

सभामुखमाथि हर्क साम्पाङको आक्रोश – ‘संसदीय अभ्यासमा कलंक पोतियो’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन्

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को