१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नेपालगन्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि



नेपालगन्ज । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगन्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

रु एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रुपमा वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए ।

उनका अनुसार, भन्सारमा कडाई गरेपछि चैत र बैशाख महिनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । गत फागुन महिनामा रु एक अर्व ९३ करोड, ३८ लाख १९ हजार सङ्कलन भएकोमा चैत महिनामा रु दुई अर्व १४ करोड, २५ लाख ५४ हजार र वैशाख महिनामा रु एक अर्ब ८४ करोड, २८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ ।

हरेक सामान किनमेलनका लागि सीमापारि भारतीय बजार रुपैडिहा जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाइ गर्दा राजस्व वृद्धि हुनुका साथै नेपागन्जको व्यापार व्यवसाय फस्टाउँदै गएको उनले जानकारी दिए ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिना अवधिमा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२÷०८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म दश महिनामा मात्र रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजारअर्थात् लक्ष्यको ६८ दशमलव दुई प्रतिशत असुली भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सीमा नाकामा कडाइपछि धेरै उपभोक्ता सीमापारि जान छाडेकोले नेपाली स्थानीय बजार चलायमान हुन थालेको बताए ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ११ : ४१ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न