२ असार २०८३, मंगलबार | June 16, 2026

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन



नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका लागि नीति निर्माणसँगै विपद् कोष सञ्चालन गरेका छन् ।

विपद् कोषमा, नेपालगन्ज उपमहानगरपालिकाले रु एक करोड २८ लाख, कोहलपुर नगरपालिकाले रु १३ लाख ८२ हजार, बैजनाथ गाउँपालिकाले ५५ लाख ४८ हजार, खजुरा गाँउपालिकाले रु ८१ लाख १० हजार, जानकी गाउँपालिकाले रु १२ लाख ५८ हजार, डुडुवा गाउँपालिकाले रु १० लाख, राप्तीसोनारी गाउँपालिकाले रु दुई लाख ७३ हजार र नरैनापुर गाउँपालिकाले कोषमा रु पाँच लाख जम्मा गरेका छन् ।

स्थानीय तहले सम्भावित विपद्को पूर्वानुमान गर्दै विपद् कोष सञ्चालन गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिए।

नरैनापुर गाउँपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विनोद चौधरीले नरैनापुरमा पटक पटक आगलागी र डुबानको समस्या हुने गरेको बताए ।

बाँकेमा विपद् पूर्वतयारीका लागि आवश्यक सामाग्री भण्डारण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले, बाँकेले जनाएको छ । बाढी वा आगलागीका घटनामा परेकालाई उद्धारका लागि आठ स्थानीय तहमा १९ हेलिप्याड, १२ रबरबोटसहितका जनशक्ति राखिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : ११ बजे

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको