१२ मंसिर २०८३, शनिबार | November 28, 2026

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत



काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो ।

यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो ।

उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ ।

यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ४ : ०४ बजे

Your email address will not be published.

दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग

कास्की । कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न

गुल्मीको ऐतिहासिक पहिचान प्रवर्द्धन गर्न प्रथम चारपाला दरबार फुटसल प्रतियोगिता हुँदै

बुटवल । गुल्मीको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई खेलकुदमार्फत राष्ट्रिय तथा

बुटवलमा पाँचदिने खाना महोत्सव सुरु

बुटवल । नेपाली मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ