३ आश्विन २०८३, शनिबार | September 19, 2026

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थी सम्मानित, छात्रवृत्ति प्रदान



काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘पाकिस्तान राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न विद्यालयका उत्कृष्ट तथा आवश्यकता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले प्रमुख अतिथिका रूपमा सहभागी हुँदै देशभरका उच्च माध्यमिक तहका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए। सम्बन्धित विद्यालयहरूको सिफारिसका आधारमा योग्य विद्यार्थी छनोट गरिएको दूतावासले जनाएको छ।

कार्यक्रममा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मानस्वरूप त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लम्साललाई ल्यापटप प्रदान गरिएको थियो। उनी यस वर्षको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीका रूपमा सम्मानित भएकी हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले नेपालका युवामा लगानी गर्नु भनेको नेपालको भविष्यमा लगानी गर्नु भएको बताए। उनले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित, स्वास्थ्य, जैविक विज्ञान, नवप्रवर्तन, कूटनीति, वित्तीय साक्षरता र आलोचनात्मक सोचजस्ता क्षेत्रमा दक्षता विकास गर्न विद्यार्थीहरूलाई आग्रह गरे।

राजदूत हाश्मीले पाकिस्तानले प्राथमिक तहदेखि उच्च शिक्षासम्म नेपाली विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गरे। साथै, सूचना प्रविधि, खेलकुद, उदार कला  शिक्षा क्षेत्रमा नेपाली विद्यालयहरूलाई संस्थागत सहयोगसमेत प्रदान गर्दै आएको बताए।

सन् २०१३ मा सुरु भएको ‘पाकिस्तान राजदूत छात्रवृत्ति कार्यक्रम’ नेपालमा विदेशी मुलुकद्वारा सञ्चालन गरिने प्रतिष्ठित छात्रवृत्ति योजनामध्ये एकका रूपमा स्थापित भएको छ। कार्यक्रममार्फत हालसम्म हजारौं नेपाली विद्यार्थी लाभान्वित भएको दूतावासले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १२ : १० बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज