४ असार २०८३, बिहिबार | June 18, 2026

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा



काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको छ । “राष्ट्रिय आर्थिक गणना अहिलेसम्म उल्लासपूर्ण माहोलमा सञ्चालन भइरहेको छ,” उनले भने, “अझै तीन दिन बाँकी रहेकाले अन्य प्रतिष्ठानलाई राष्ट्रिय आर्थिक गणनामा सहभागी हुन अनुरोध गरिन्छ ।”

प्रवक्ता लामिछानेका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट खटिएका तीन हजार ९०६ गणकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन आव्हान गरिएको छ । ‘कोही पनि प्रतिष्ठान/व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ अभियानलाई कार्यालयले अघि सारेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ४ : ४० बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान

सक्रिय राजनीतिबाट अलग भएको कृष्णबहादुर महराको घोषणा

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका