५ असार २०८३, शुक्रबार | June 19, 2026

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने



ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक(धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

ललितपुर महानगरपालिका(४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिए।

संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छ्न् ।

भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले उल्लेख गरे ।

उनले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । साथै उनले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नर्गन सम्बन्धित सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : ०३ बजे

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको

उजुरीपछि अख्तियारको छापा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई

रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति नजिकिँदै

सुनको मूल्य : तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ